२०६९ सालको सिनेमा उद्योगको भविष्यफल
यो सालको संवत्सरको नाम विश्वावशु हो । यो बर्ष राजा शुक्र र मन्त्री पद पनि शुक्रले नै सम्हालने छन । एउटै ग्रह राजा र मन्त्री पदमा रहदां काम गर्न असजिलो हुने छ । यो बर्ष फील्मी क्षेत्रमा लगानि बढने छ । नयाँ कलाकार को उदय हुने छ । फील्मी क्षेत्र मा नयाँ प्रयोग र प्रविधिहरु भित्रीने छन । सन्देश मुलक भन्दा पनि व्यवसायीकतातिर निर्माता हरुको मन जाने छ । राज्य पक्षबाट सहयो मिल्ने छ । विलासीता वढने छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला कलकारको भुमिका अहम रहने छ । महिला कलाकार हरु लाइ काम गर्न असजीलो हुने छ । नयाँ कलाकार हरुप्रशस्तै नाम र दाम कामाउने छन । नेपाल चलचित्र बोर्ड विवाद मा तन्निने छ । निर्माता र कलकार बिच सम्बन्ध खासै राम्रो देखिदैन । फील्मी क्षेत्रका केहि कलकारहरु को मांगलिक कार्य हुने छ । लगानि कर्ता हरु रहस्यमय रहने छन । कलकारहरु मा उत्साह बढने छ । नयाँ कलकार को प्रदर्शन राम्रो रहने छ । त्यस्तै यो बर्ष वैशाक २० देखि जेष्ठ २८ गते सम्मको समय प्रतिकुल रहेको छ । असोज पछि का दिन हरुमा लगानि वढने छ । फाल्गुण २गते पछि शुक्र अस्थ रहने छ । निर्माता हरुले सोचेर कामगर्नु होला । यो बर्ष साउन , कार्तिक, पौस , चैत्र महिना शुभ रहेका छन । आइतवार , बुधवार र , शुक्रवार प्रदर्शनमा आएका चलचित्र हरुले व्यवसायीक रुपमा सफलता प्राप्त गर्ने छन । चलचित्रको नाम इ, उ , ए वे , वो , का , की र, री रु रे, च ल रो, ती , ती तु ते यी आदि अक्षर वाट शुरु भए राम्रो सफलता प्राप्त हुने देखिन्छ । तर निर्माताको नाम को अक्षर बाट शत्रु वर्ग मा पर्नु हुदैन । बर्ष का शुभ मुहूर्त (साइत) बैशाक ः ८ गते शुक्रवार २१ः ३१ बजे सम्म १५ गते शुक्र वार ११ः १५ देखि जेष्ठ ः १२ गते शुक्रवार १०ः१५ वजे देखि १९ः५८ सम्म आषाढ ः २६ गते मंगलवार ०८ ः ०२ वजे देखि १७ ः२४ सम्म श्रावण ः २३ गते मंगलवार ०२ ः३८ वजे देखि भाद्र ः १० गते आइतवार १०ः२७ वजे देखि आश्विन ः ७ गते आइतवार १७ ः०५ वजे सम्म कार्तिक ः २१ गते मंगलवार १८ः१६ वजे देखि मंसिर ः १९ गते मंगलवार ०२ः५० वजे सम्म पुस ः ६ गते शुक्रवार १४ः११ वजे देखि ११ गते शुक्रवार ००ः२९ वजे सम्म माघ ः ५ गते शुक्रवार १९ः५४ वजे सम्म फाल्गुण ः ४ गते शुक्रवार अहोरात्र ११ गते शुक्रवार २२ः१३ सम्म २५ गते शुक्रवार १४ः५७ वजे देखि चैत्र ः २ गते शुक्रवार १४ः२० वजे सम्म २३ गते शुक्रवार ८ः११ वजे सम्म

Post a Comment