Sunday, December 23, 20120 comments







             

     केमद्रुम योगको

                                               परिचय



        ज्योतिषशास्त्रमुताबिक 'केमद्रुम योग' तपाईंको राशीअनुसार निर्माण हुने एउटा महत्त्वपूर्ण योग हो। 

तपाईंलाई थाहा छ हामी चन्द्रमाको गतिका आधारमा नक्षत्रचक्रमा निर्धारित आद्यक्षरका आधारमा नामाकरण गर्दछौं र यसैका आधारमा राशी निर्धारित हुने गर्दछ। व्यक्तिको राशीकुण्डलीमा चन्द्रमा बसेको राशीलाई पहिलो घर(लग्न)मा स्थापना गर्ने गरिन्छ। 'वृहज्जातक' नामक प्रसिद्ध ज्योतिष ग्रन्थमा चन्द्रकुण्डलीको द्वितीय र द्वादश भावमा कुनै ग्रह नरहँदा केमद्रुम योगको सिर्जना हुन्छ। वास्तविक केमद्रुम योगको सिर्जना हुनका निम्ति चन्द्रमाका साथमा पनि कुनै ग्रह रहनु हुन्न र उसलाई कुनै ग्रहको पूर्ण दृष्टि पनि परेको हुनुहुन्न। तर चन्द्रमाका अघिपछि वा साथमा छायाग्रह मानिने राहु वा केतु भएपनि यो योग सिर्जना हुन्छ। किनभने कतिपय योगको गणना गर्दा छायाग्रह राहु र केतुको गणना हुँदैन। ज्योतिषशास्त्रमा चन्द्रमा लाई मनको कारक मानिएको छ। सामान्य जनजीवनमा मन एकान्तमा रह्यो भने त्यसवेला यताउताका नानाभाँती कुरा मनमा खेल्न थाल्दछन्। एकान्तमा बस्नु पर्दा व्यक्तिमा चिन्ता गर्ने प्रवृत्ति विकसित हुन्छ। भनिएकै छ नि - खाली दिमाग सैतानको घर। त्यस्तै चन्द्रमाका अघिपछि चिनामा कुनै ग्रह नहुँदा यस 'केमद्रुम योग'को निर्माण भएको मानिएको हो। तपाईंको कुण्डलीमा केमद्रुम योग छ छैन आफैं विचार गर्न सक्नुहुन्छ। आफ्नो जन्मपत्रिका(चिना) हेर्नुस्, चन्द्रमा बसेको अङ्कभन्दा एउटा अङ्कमुनि र एउटा अङ्कमाथिको कोठामा कुनै ग्रहको नाम लेखेको छैन भने तपाईंको जीवनमा पनि यस योगको प्रभाव हुनसक्छ,


                   

             केमद्रुम योगको शान्तिउपाय 


सोमवार परेको कुनै पूर्णिमाका दिनदेखि सुरु गरी लगातार चार वर्षसम्म पूर्णिमाको व्रत लिनु पर्दछ

 एउटा १०८ दानायुक्त रूद्राक्षको मालाबाट शिवपञ्चाक्षरी मन्त्र 'ॐ नम: शिवाय' मन्त्रको दैनिक एकमाला जाप गर्नु पर्दछ


चाँदीको श्रीयन्त्र निर्माण गरी त्यसमा मोतीसमेत जडान गरी घाँटीमा सिक्री बनाई धारण गर्नुपर्दछ।










Share this article :

Post a Comment

 
Copyright © 2011. International Astro Consultancy - All Rights Reserved
Converted By Ramkumar